
बर्दिवास- नेपाल कम्युनिष्ट पार्टी(एमाले) को शुक्रवार बर्दिवास नगर कमिटी गठन गरिएको छ।
गठन गरिएको बर्दिवास नगर कमिटीको अध्यक्षमा कारमान स्याङ्बा, उपाध्यक्षमा प्रतिमा बिश्वकर्मा, सचिबमा निरोज अधिकारि, उप सचिवमा सुनिता महतो ( पुनम) र ठकाइ महतो चयन भएका छन् ।

एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत शुक्रवार बर्दिवास सेवा समितिकाे सभाहलमा सम्पन्न बर्दिवास नगर कमिटीकाे दाेश्राे अधिबेशनले बर्दिवास नगर कमिटी गठन गरेको हो ।

एमालेका केन्द्रिय पाेलिटब्यूराे सदस्य,पूर्व मन्त्री एवम धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य तथा महाेत्तरी क्षेत्र नं.१ मिसन ग्रासरुट अभियानका संयाेजक जुली कुमारी महताेको विशेष उपस्थितिमा नगर अधिबेशन सम्पन्न भएको हाे ।

अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष र सचिव तथा दुई उपसचिव र ३८ सदस्य सहित ४३ सदस्यीय नगर कमिटी चयन गरेकाे छ। सदस्यहरू सर्वसम्मत र पदाधिकारी मतदान प्रकृयाबाट छानिएका हुन् । कूल १३६ मतदाता (प्रतिनिधि) रहेका अधिवेशनमा १३३ जनाले मतदान गरेका थिए ।

नव चयनित पदाधिकारी तथा सदस्यहरूलाई पाेल्युटब्युराे सदस्य महताेले सपथ गराएकी थिइन् ।