रागनी साह,महोत्तरी- महोत्तरीको जलेश्वर न.पा. ९ (फुलहट्टा) मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
सोमबार नेपाल नेत्र ज्योति संघ लहान आँखा तथा कान जाँच प्रणाली सागरमाथा चौधरी अस्पताल, लहानको प्राविधिक सहयोगमा निशुल्क आँख जाँच शिवीर फुलहट्टाको पुर्णी पोखरी डिलमा संचालन गरिएको थियो।
शिविरमा आँखा जाँच गरि मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने बिरामिहरुको छनोट गरि आँखा तथा कान उपचार केन्द्र जलेश्वरमा निशुल्क अप्रेशन गरिने व्यवस्थापन गरिएको छ। नागरिक उत्थान केन्द्र जलेश्वर, नगरपालिका महोतरी को आयोजनामा सोमबार लगाइएको शिविरमा ४६५जना सेवाग्राहीहरुले शिविर को लाभ उठाएका थिए ।
सोमध्ये ४० जनालाई मोतिबिन्दुको अप्रेशनको लागि छनोट गरिएको हो।