जनकपुरधाम। जनकपुरधाममा विगत केही दिन यता चोरी तथा डकैतिको घटनामा बृद्धि भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ मौनीवावाको आश्रम जाने एरियामा प्रहरीको घरमा डकैति भएको हो ।
प्रादेशिक अस्पतालको डिउटीमा रहेका प्रहरी बरिष्ठ हवल्दार निरज कुमार साहको घरको छतवाट सिढीको घर भएर कोठामा प्रवेश गरि ढेड बजे राति प्रहरी बरिष्ठ हवल्दारलाई ज्यान मार्ने गरि भाटा प्रहार गरेर गंभिर घाईते बनाएका छन् ।
साँचो दिनका लागि माग गरेको र प्रहरी बरिष्ठ हबल्दारले त को भनेपछि एक्कासी भाठा प्रहार गरेका थिए । घाईते भएका हवल्दार साहको ठाउँकोमा आधा दर्जन टाँका लागेको छ ।
प्रादेशिक अस्पतालको डिउटी सकेर कोठामा पुगेका उनी सुतेपछि घरमा प्रवेश गरेका थिए । अन्य कोठाहरुको चुकुल लागेका कारणले प्रवेश गर्न पाएका थिएन ।




