
काठमाडौं । टीयू क्रिकेट मैदानमा चलिरहेको एसीसी प्रिमियर कपमा गुलशन झाले यूएईविरुद्ध अर्धसतक हानेका छन् । बसिल हमिदको बलमा २ रन लिँदै गुल्सनले अर्धशतक पूरा गरेका हुन् ।
उनले ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेर ५२ रन बनाएका हुन् । २ चैतमा लिग टू अन्तर्गत यूएईसँगको खेलमै एकदिसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक बनाएका थिए । महत्वपूर्ण र निर्णायक खेलहरुमा उनको डरविहीन ब्याटिङ देखिएको छ । त्यतिबेला उनले सातौं नम्बरमा ब्याटिङ गरेका थिए ।
सो खेल गुल्सनको अविजित ५० रनमा नेपालले डीएलएस प्रणालीमार्फत ९ रनले जितेर लिग टूमा तेस्रो हुँदै एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमा स्थान बनाएको थियो ।