
महोत्तरी- मटिहानी नगरपालिकाको बिद्यालयहरुमा खानेपानी सरसफाई तथा स्वच्छता अभियानको लागि मर्मत सम्भार टूल बॉक्स वितरण गरिएको छ। मटिहानी नगरपालिका तथा युनिसेफ नेपाल को संयुक्त आयोजनामा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता (Wash in school) कार्यक्रम अन्तर्गत मर्मत सम्भार टूल बॉक्स वितरण गरिएको हो ।
मटिहानी नगरपालिकाका श्री जनता आधारभूत विद्यालय धिरापुर पछियारी टोल, श्री नेपाल सर्बोदय आधारभूत बिद्यालय धिरापुर आवर, श्री रामजानकी आधारभुत बिद्यालय विसनपुर, मदरसा खदीजतूल कुबरा गर्ल्स स्कूल मझौरा, मदरसा ओलमाये अतुल बरकातिया बरदाहा, मदरसा इस्लामिया इस्लादुल मुस्लेमीन विसनपुर, मदरसा ओलूम हुसैनिया सिमरदहीलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले मर्मत सम्भार टूल बॉक्स वितरण गरेका हुन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, शिक्षा संयोजक चन्देश्वर साहज्यू, UNICEF का प्राविधिक प्रवीण झा, संजय साहको उपस्थिति रहेको थियो ।