कृष्ण राज गिरि/ भैरहवा
रुपन्देहीको भैरहवा मा युवा हरु ले भ्रस्टचार ढाकछेप बिरुद्ध शनिवार नागरिक प्रदर्शन गरेका छन् । स्वतन्त्र युवा हरु ले राष्ट्रिय झन्डा लिई भुटानी शरणार्थी काण्ड मा संलग्न लाई कार्वाही र भ्रस्टचार बिरुद्ध विभिन्न माग हरु प्ले कार्ड मा लिई , भैरहवा बुद्ध चोक माजम्मा भई विभिन्न नारा हरु लगाउँदै मिलनचोक सम्म रैली निकालेका थिए । रैली मिलनचोक मा कोण सभा गरि समापन गरिएको थियो।
मिलनचोक मा गरिएको कोण सभा मा भैरहवा का युवा समाज सेवी तथा यस कार्यक्रम का आयोजक शार्दुल मयुर कसौधन ले ' सरकार ले भ्रस्टचार बिरुद्ध चालेको र आगामी दिन मा चाल्ने हरेक काम को समर्थन भैरहवा लगाएत देश भरिका का युवाहरु ले गर्नेछन्त्यसैले कानुन को दायरा मा जो सुकै या जुन सुकै राजनैतिक पार्टी को नेता भए पनि कार्वाही गर्न खुट्टा कमाउन हुन्न' भन्नु भयो।
जनताको छोरा छोरी अनेक दु:ख कष्ट सहेर मेहेनत गरेर पढ्ने तर देश मा रोजगार को अभाव ले खाडी लगाएत अन्य देश मा वैदेशिक रोजगारमा जान वाध्य हुने तर यहाँ नेता र नेता का छोरा छोरी करोडौं भ्रस्टचार गरेर विदेश का वैंक मा जम्मा गर्ने बन्द हुनु पर्छ वहाँ ले थप भन्नुभयो। कार्यक्रम मा अर्का युवा प्रकाश शर्मा ले ' भ्रस्टचार को सबै सिमा यी नेता हरु ले पार गरिसके अब भएन भनेर भुटानी शरणार्थी कोनाम मा नागरिक बेच्न पनि बाकीँ राखेनन् त्यसैले यी देश का कपुत हरु लाई कानुनी दायरा मा जसरी पनि लिएर आउनपर्छ र कानुनीदायरा मा नआए सम्म यो आन्दोलन जारी रहने ' भनेर जानकारी दिए।
कार्यक्रममा सुमन पन्त, विजय पाण्डे , प्रख्यात बन्जाडे लगाएत युवा हरु ले भ्रस्टचार बिरुद्ध आ-आफ्नो विचार राखेका थिए । सबैको एउटै माग थियो 'भ्रस्टचारी लाई काारवाही ' । कार्यक्रम को अन्त मा भ्रस्टचार बिरुद्ध को मानव साङ्लो बनाई ' भ्रस्टचारी लाईकार्वाही गर' ' गृह मन्त्री नडराउ हामी तिम्रो साथ मा छौ' लगाएत विभिन्न नारा लगाई कार्यक्रम को समापन गरिएको थियो।







