राजविराज – सप्तरीको रुपनी गाउँपालिकामा आइतबार बिहान एक युवकको हत्या भएको छ । रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
तफेजुललाई राति नै हत्या गरी खेतमा फालेको विषयमा अनुसन्धान सुरु गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।



प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनले बताए । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।




