
कृष्ण राज गिरि/ भैरहवा
नेपाल वायुसेवा निगमले २०८० जेठ २९ गते (१२ जुन २०२३ ) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरुगर्दैछ । उडान तालिकाअनुसार काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ। ' भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमासमेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने' निगम का प्रवक्ता रमेश पौडेलले प्रेस विज्ञप्ती द्वारा जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागिसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेकोनिगमले जनाएको छ ।
जजिरा एयर ले हप्ता को तीन दिन कुवेत उडान गर्दै आएको यस अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक कारण देखाउँदै उडान स्थगित गरेपछि, उडान विहिन बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मा नेपाल एयरलाईन्स को उडान ले यस क्षेत्र का मानिस हरु मा केहि राहतप्रदान गर्ने छ। भैरहवा का विभिन्न संघ संस्था हरु ले छिटै यो विमान्स्थल वाट उडान संचालन गर्न अनुरोध को साथै संचालन नभए माआन्दोलन गर्ने चेतावनी दिएका थिए ।