
लुम्बिनी- भारतीय रिजर्भ बैंकले २००० रुपैयाँको नोटलाई सर्कुलेशनबाट हटाउने निर्णय गरेको छ, यो निर्णय सँगै भारतिय रु २००० को नोट चलनचल्तिबाट हट्ने छ।
नोवेम्वर २०१६ मा भारत मा नोट वन्दि भए सँगै रिजर्भ बैंकले रु २००० र रु ५०० को नयाँ नोट प्रचलन मा लिएरआएको थियो ।
आरबीआई ले अन्य मूल्यका नोट पर्याप्त मात्रामा उपलब्ध भएपछि दुई हजार रुपैयाँका नोट बजारमा ल्याउने उद्देश्य पूरा भएको,तसर्थ रु २००० को नोट छाप्ने काम २०१८-२०१९ मै रोकिएको र अब देखि रु २००० को नोट चलन चल्ति वाट हटाईएको तर कानुनीटेन्डर जारी रहने जनाएको छ।
नोट बन्दि भए पछि चलनमा रहेका सबै रु ५०० र रु १००० का नोटको कानुनी टेन्डर स्थिति फिर्ता लिएपछि अर्थतन्त्रको मुद्राको आवश्यकतालाई द्रुतगतिमा पूरा गर्नको लागि नोभेम्बर २०१६ मा २००० दरको बैंकनोट ल्याइएको थप जनाएको छ।
नागरिक हरु ले २३ मे २०२३ देखि सेप्टेम्वर ३०, २०२३ सम्म कुनै पनि वैंक खाता मा सो नोट एक पटक मा अधिकत्तम रु २००००जम्मा गर्न या अन्य मुल्य को नोट सित साट्न सक्ने छन् ।