
जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । यस्तै, दुईजना घाइते भएको प्रहरीले जनाएका छन् ।
मंगलबार बिहान करिब साढे ९ बजेको समयमा महादेवा गाउँपालिका ६ ढिक्कली टोल बस्ने २५ वर्षीय जवाहर मण्डले आफनै घरको जस्ता छाउने क्रममा करेन्ट लागेकोमा उनको काका ५१ वर्षीय उमेश मण्डल छुटाउन जाँदा दुबै जनालाई करेन्ट लागेको थियो । उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजबिराजमा जबाहर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, उमेशको उपचार भईरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।