महोत्तरी- समाजमा बढ्दो बालबिबाहलाई न्यूनीकरण गर्न महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा पंडित ,पुरोहित र मौलानाहरुलाई २ दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका भित्रका पंडित ,पुरोहित र मौलानाहरुले बालबिबाह सम्बन्धी आफ्नो धर्ममा रहेको अबधारणाहरु प्रष्ट पारेका छन ।
यसै क्रममा आफ्नो अबधारणा प्रष्ट पार्दै मुस्लिम धर्मका मौलाना मोहम्मद ईशा बरकातीले हाम्रो धर्ममा छोरी शारीरिक र मानसिक रुपमा परिपक्क र छोराले शारीरिक र मानसिक रुपमा परिपक्क भई आत्मनिर्भर भई सकेपछि मात्र बिहे गर्नु उपर्युक्त हुने कुरा उल्लेख भएको कुरा प्रष्ट पार्नु भयो ।
त्यसै बीच दुबै हिन्दू र मुस्लिम दुबै धर्मका पंडित र मौलानाले हामीहरुले सरकारको २० बर्ष पछि मात्र बिहे गर्न हुने नियमको पालना गर्दै अब उपरान्त २० बर्ष भन्दा कम उमेरमा बिहे हुँदा हामी त्यसलाई बहिस्कार गर्ने कुराको समेत प्रतिबद्वता गर्नु भएको छ ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिकाको नगर उप-प्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा ,महिला बालबालिक तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख दिपा दास,कार्यपालिका सदस्यहरु, मटिहानी नगरपालिका भित्रका पंडित ,पुरोहित र मौलानाहरु,अभिभावक, लगायत बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।


