जनकपुरधाम। धनुषामा अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट भएको छ । मिथिला नगरपालिका –५, श्रीपुरस्थित बिहीबार राति औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।
अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा धक्कामक्का हुँदा एक प्रहरी जवानलाई चोट लागेको बताए ।



उनका अनुसार प्रहरीलाई धम्की दिने तथा अवैध उत्खनन्मा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको हो ।




