
महाेत्तरी - महाेत्तरीमा आज दिनदहाडै एक बैंकमा लुटपाट भएको छ। आज दिनकाे करिब १२:२० बजे महोत्तरी गाउपालिका वडा नं. २ महोत्तरी बजारमा स्थित NMB बैंकमा लुटपाट भएको प्रहरीले जनाएको छ।
बैंकमा ४ जनाको अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका हुन् । बजारमा रहेका प्रत्येक्षदर्शी पसलेहरूका अनुसार मोटरसाईकलले दूई जना पर्सा तिर र दूई जना प्रकौलि तिर भागेका छन् । बैक बाट लगभग ७०० मिटरको दूरीमा प्रहरी चौकि रहेको छ।
जिल्ला प्रहरी कार्यालय महाेत्तरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । थप विवरण आउँन बाँकी ।