जनकपुरधाम- जलवायु परिवर्तन र प्लाष्टिकको अत्यधिक प्रयोगले विश्व नै आक्रान्त बनेको अवस्थामा स्थानीय तहहरूले सरसफाई तर्फ ध्यान दिन थालेका छन्। मानवीय क्रियाकलापले नै पृथ्वी मा फोहर हुने भएकोले यसको सम्पुर्ण जिम्मेवारी मानव स्वयम् रहेकोले जनचेतना जगाउन आवश्यक रहेको र मानिसलाई सचेतना फैलाउनको लागि स्थानीय सरकारले बजेट छुट्याएर सरसफाई तर्फ ध्यान दिन थालेका छन्।
यसै सन्दर्भमा धनुषाको मिथिला नगरपालिका वार्ड नं २ मा दुई दिने पुर्ण सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।



प्रगतिशील नेपालको आयोजना र मिथिला नगरपालिका वार्ड नं २ को आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रमको पहिलो दिन नक्टाझिजस्थित श्री हिमालय युवा क्लबको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले पुर्ण सरसफाई गर्नको लागि फोहर व्यवस्थापन मा ध्यान दिनु आवश्यक रहेको र फोहरलाई छुट्याएर,सडने र नसड्ने खालका फोहरलाई छुटाछुटै व्यवस्थापन गर्नु पर्ने आवश्यक रहेको कुरा छलफल बाट निष्कर्ष निकालिएको थियो। प्लाष्टिकको प्रयोगले हाम्रो समुदायमा मात्र नभई मानवलाई जिवनयापन गर्न पनि अप्ठारो पारेको र यसले भावी पुस्तालाई नोकषान पुर्याउने बारे कुराहरुको छलफल गरिएको थियो।

समाजमा फोहर त हुन्छ-हुन्छ। त्यसमा सबभन्दा बढि फोहर मा ,फोहर भित्र प्लाष्टिक को मात्र आत्यधिक हुन्छ र प्लाष्टिकको प्रयोगले हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नकरात्मक असर पुर्याइरहेकोले प्लाष्टिकको प्रयोग न्युन मात्रामा गर्ने र अतिआवश्यक परेको बेला प्रयोग गर्दा 3R को विधिबाट विसर्जन गरी आगाडि बढ्ने कुराहरुको छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रमको दोस्रो दिन नक्टाझिजस्थित रहेको श्री राष्ट्रिय आधारभूत विधालय सुगजोर मा समेत कार्यक्रम गरिएको थियो। सो कार्यक्रम मा प्रशिक्षकको भूमिका निर्वाह गर्दै विनोद महतो कुशवाहले पुर्ण सरसफाई गर्नको लागि ७ वटा सुचक बारे बताउनुभएको थियो भने पुर्ण सरसफाई गर्नमा सबैको हातेमालो आवश्यक रहेकोले सबैलाई आ-आफ्नो ठाउँबाट सरसफाई मा ध्यान दिन आग्रह गर्नुभएको थियो।
प्रगतिशील नेपालको अध्यक्ष सुरेश कुमार महतोको अध्यक्षता र मिथिला नगरपालिका वार्ड नं २ का वाडा अध्यक्ष बिहारी महतोको प्रमूख आतिथ्यमा पुर्ण सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उद्घोषण र सञ्चालन श्रि हिमालय युवा क्लबको पुर्वअध्यक्ष अरुण कुमार महतोले गर्नुभएको थियो।




