फाइल तस्विर
सर्लाही। प्रहरीले तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि सर्लाहीको धनकौल गाउँपालिका–७, बैरिया टोलमा बिहीबार दिउँसो प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले स्थानीय राजु सहनीको घरमा लुकाइछिपाइ राखिएको भारतीय अवैध मल नियन्त्रणमा लिन खोज्दा गाउँले आएर अवरोध गरेका हुन् ।
बरामद भएको मल जिल्लातर्फ ल्याउँन खोज्दा गाउँलेले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि पाँच शेल अश्रुग्याँस प्रहार गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी दीपेन्द्र पंजियार थारुले बताए ।
डीएसपी थारुका अनुसार सहनीको घरभित्र लुकाइराखिएको ७२ बोरा मल बरामद भएको छ ।




