
महोत्तरी- राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि असन्तुष्टि जनाउदै महोत्तरीमा जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।
जिल्लाको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित बिहिबार जनमत पार्टीको नगर अध्यक्ष जोगिन्द्र साहको नेतृत्वको विरोध प्रदर्शन भएको हो । गौशाला बजारभरि गरिएको प्रदर्शनमा सहभागीहरुले ‘नेपाली नागरिकलाई अनागरिक बनाउन पाइदैन , नागरिकता विधेयक लागु गर , केपी ओली चोर देश छोड’ लगायतका नारा लगाएका थिए ।

नागरिकता विधेयकमाथि भइरहेको राजनीति र संविधानका प्रावधान आफ्ना ठाउँमा छन्, तर आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने गरी नागरिकता विधेयकलाई हतियार बनाउन थालिएको भन्दै नगर अध्यक्षले विरोध गरेका छन् ।
प्रदर्शनमा नगर अध्यक्ष सहित केन्द्रिय सदस्य जीवन त्यागि लगायत पार्टीका विभिन्न कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।