जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित भएको छ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सरोज कुमार यादवले छलफलमा उठेका विषय बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रममा संशोधनका प्रस्तावकर्ता ४ जनाले प्रदेश सभा सदस्यले संशोधन प्रस्ताव फिर्ता लिएका थिए।



नेकपा एमालेका प्रदेश सभाका सदस्य राजकुमार लेखी, विमला अन्सारी, कञ्चन विच्छा तथा प्रमोद जयसवालले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते बुधवार १ बजे बस्ने गरी स्थगित भएको छ ।




