प्रतिकात्मक तस्बिर
बर्दिबास- बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा औरही नगरपालिका २ का ६० वर्षीय ताहिर अन्सारीको मृत्यु भएको हो।
बर्दिबासस्थित इलाका प्रहरीका अनुसार औरहीबाट बर्दिबास तर्फ आउँदै गरेको ज ४ प २३५१ नम्बरको मोटरसाइकलले बर्दिबास २ स्थित बुद्धचोक नजिक विद्युत पोल लोड गरेको ज १ त १७४३ नम्बरको ट्याक्टरमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते अन्सारीलाई उपचारका लागि बर्दिबास अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै चालक फरार भए पनि ट्याक्टरलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको छ।


