महोत्तरी- मटिहानी नगरपालिकाले जेष्ठ नागरिकहरूलाई स्टैंड पंखा र झूल एक कार्यक्रम बीच वितरण गरेको छ ।
बढ्दो गर्मी र लामखुट्टेबाट राहत प्रदान गर्ने उद्देश्यले ८२ (ब्यासी) वर्ष उमेर पूरा भएका देखि माथिका जेष्ठ नागरिकहरुलाई आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले पंखा र झुल वितरण गर्नुभयो ।

अत्यधिक गर्मी र लामखुट्टेको प्रकोप बाट जेष्ठ नागरिकहरूलाई राहत दिने उद्देश्यले नगरस्तरीय कार्यक्रमबाट १ सय ४० जना जेष्ठ नागरिकहरुलाई सामग्री वितरण गरिएको कुरा प्रमुख मण्डलले बताउनुभयो ।

बजेट अभावको कारण यस वर्ष ८२ वर्ष देखि माथि पुगेकालाई मात्र वितरण भए पनि आगामी वर्ष अन्य जेष्ठ नागरिक सबैलाई पंखा र झूल वितरण गरिने भन्नुभयो ।

कार्यक्रममा मटिहानी नगरपालिका उप-प्रमुख मन्जु देवी साह, वड़ा अध्यक्षहरु नाजिर मिया, अब्दुल गफार राईन, मिश्री नायक, कलीम अंसारी, रितेश साह, मदन चौधरी,योजना अधिकृत राजेश कुमार शर्मा, महोत्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष अजय चौधरी, निवर्तमान अध्यक्ष मोहन गुप्ता, शिक्षा संयोजक चन्देश्वर साह कार्यपालिका सदस्य अरुण नाहर लगायतका उपस्थित रहेका थिए ।
अत्याधिक गर्मीका बेला पंखा र झूल पाएकोमा मटिहानी नगरपालिका वडा नं. ७ का ८९ वर्षीय जहरी देवी सहनी खुशी भएकी थिइन ।




