धनुषा- क्षीरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर स्थित सर्प दंश उपचार केन्द्रको सेवा बन्द हुनबाट रोकिएको छ ।बजेटको कारण बन्द हुने स्थितीमा रहेको सर्प दंश अस्पताल (उपचार केन्द्र) रकम उपलब्धि सँगै सेवामा निरन्तरता भएको हो ।
क्षीरेश्वरनाथ नगरपालिका साथै आसपास जोडिएका पालिकाहरुलाई सेवा प्रदान गर्दै आएको यस अस्पताल गर्मी मौसम मै बन्द हुने अवस्था भए पश्चात् नगरपालिका प्रती आलोचना शुरु भएको थियो । केही दिन यता सिन्धुलीको दुधौलीमा उपचारको अभाबमा बच्चाको मृत्युको घट्नाले आम जनमानसमा त्रास उत्पन्न भएको बेला नजिकको अस्पताल रकम अभावमा बन्द हुने अवस्था भएको भन्दै समाजिक सञ्जाल लागायतमा यसको चर्को बिरोध भए पश्चात् नगरपालिकाले रु १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सर्प दंश उपचार केन्द्र सञ्चालक समितिको बिशेष साधारणसभाबाट मिति २०७९ भदौ २९ गते तत्काल केन्द्र सञ्चालनको लागी पारित भई लागू गरिएको शुल्क अनुदान सहयोग उपलब्ध गराए सँगै मिति २०८० जेष्ठ २८ गते बसेको सञ्चालक समितिको बैठक बाट मिति २०८०असार १ देखि लागु हुने गरी निःशुल्क गरिएको अस्पतालका अध्यक्ष राज किशोर राउतले जानकारी दिएका छन्।
यता, अस्पतालले पुनः बजेट प्राप्ती गरि निरन्तर सेवा दिने भए पश्चात् नगरपालिका तथा आसपासका क्षेत्रका जनतामा त्रास हटेको छ । अस्पतालले सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ ।




