महोत्तरी – मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले आज एक समारोह बीच मटिहानी न.पा. वडा नं. ७ को कैलाश ठाकुरको घर देखि विग्घी नदी सम्म निर्माण हुने नालाको शिलान्यास गर्नु भयो ।
मटिहानी नगरपालिकाको सहयोगमा करिब ५० लाख ६३ हजार लागतमा २८० मीटर आरसीसी नाला निर्माण हुने कुरा मटिहानी नगरपालिकाका प्राविधिक बिमलेश साहले बताउनुभयो ।
नाला निर्माण भएपछि कृषि लगायत गाउँको पानी निकासमा सहयोग पुग्नेछ ।



शिलान्यास कार्यक्रममा मटिहानी नगरपालिका उप-प्रमुख मन्जु देवी साह, वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझी, वडा नं. ८ का वडाध्यक्ष रितेश साह लोसपा नेपाल नगर कमिटी अध्यक्ष श्याम कुमार मण्डल, कार्यपालिका सदस्य अरुण नाहर लगायत स्थानीयहरूको सहभागिता रहेका थिए ।




