ढल्केबर- मिथिला नगरपालिका मा रहेको समुदायिक विधालयमा कार्यरत कम्पुटर शिक्षकहरुले तलव बृद्धि गर्न नगरपालिका सँग माग गरेका छन्।
मिथिला नगरपालिकाको आन्तरिक श्रोतबाट विभिन्न विद्यालयमा कार्यरत कम्प्युटर शिक्षकहरुले सामुहिक रुपमा बिहिबार नगर प्रमुख र उपप्रमुख समक्ष तलव वृद्धि गर्न आग्रह गरेका छन्।



सामुदायिक विधालयमा कार्यरत कम्पुटर शिक्षकहरुले अन्य शिक्षक सरह अध्यापन गर्ने, प्राविधिक कामकाज,अनलाइन तथा विद्यालयका एमिस सफ्टवेयर, प्रशासनको प्राबिधिक जिम्मेवारी,लगायतका कार्यहरु कम्प्युटर शिक्षकले नै गर्दै आएको र हामीहरुको पारिश्रमिक न्युन रहेकोले देशको आवश्यकता अनुसार र काज अनुसारको तलव नभएको कुरा उनीहरूले गुनासो गरेका हुन्।
प्राबिधिक जिम्मेवारीहरु एकल रुपमा कम्प्युटर शिक्षकहरुले गरेको भएतापनि लामो समयदेखि न्युनतम पारिश्रमिकमा सेवारत रहेको हुँदा अगामी आ.व २०८०/८१ को नगर बजेटमा न्युन्तम नि.मा.वि सरह तलब वृद्धि गरि हाम्रो समय र श्रमको सम्मान गर्न माग गर्दै नगर प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकी समक्ष पत्र पेश गरेका हुन्। साथै IEMIS र SIP को कामकाज कम्प्युटर शिक्षकले गरिरहेको हुँदा विद्यालयको प्र.अ. ले पाउने वार्षिक IEMIS र SIP को रकम समेत कम्प्युटर शिक्षकलाई दिनुपर्ने निर्देशन जारी गरि दिन कम्प्युटर शिक्षकहरु द्वारा संयुक्त रुपमा समेत माग गरेको कुरा पत्रमा उल्लेख छ।
पत्रमा शिक्षा, युवा तथा खेलकुद शाखा मिथिला नगरपालिका ,नगर शिक्षा समिति मिथिला नगरपालिका नगरपालिका, उपप्रमुखको कार्यालय मिथिला नगरपालिका,प्रमुख प्रशासकीय अधिकृतको कार्यालय मिथिला नगरपालिका लाई सम्बोधन गर्दै कम्पुटर शिक्षकहरुमा राजुकुमार सिंह,शम्भुकुमार ठाकुर ,निगम नारायण सिंह,रुद्र बहादुर कार्की,धीरेन्द्र कुमार महतो, मन्दिप कुमार कुशवाहा,संतोष श्रेष्ठ, रजित खड्का,मुकेश कुमार सिंह,किरण कुमारी सिंह,बिना कुमारी महतो ,संजिता खतिवडा,सोनम कुमारी महतो हस्ताक्षर सहितको पत्र उल्लेख गरिएको छ।




