
धनुषा- मंगलम डाईगनोस्टिक सेंटर जनकपुरधाममा पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको छ । विगत १ दशक देखी सेवा दिदै आईरहेको मंगलम जनकपुर शाखाले आफ्नो स्थापना दिवसको अबशर पारेर भोली (शनिवार) शिविर संचालन गर्न लागेको हो ।

जनकपुरधामको ऐतिहाशिक तिरहुतिया गाछी मैदानमा मंगलमले शिविर संचालन गरेर मधुमेह र थाइराइडको निःशुल्क जांच गर्ने मंगलम डाइग्नोस्टिक सेन्टरका एमडी अर्थ ठाकुरले मधेशटॉपलाइ जानकारी दिए । पर्साको बीरगंजमा डॉक्टर र विरामीहरूको पहिलो रोजाइ बनेको ल्याब मंगलमले जनकपुरधाममा शाखा विस्तार गरेपछि स्थानीय जनकपुरबासि पनि उत्शाहीत देखिएका छन । ' हामी यहां आएपछि अब समय र पैसा दुबैको वचत मात्र हुने होइन जांचको गुणस्तरियतामाथि अब प्रश्न न उठ्ने अर्थको तर्क छ ।
ठाकुर भन्छन , ' शनिवार बिहान ६ बजे देखी संचालन हुने शिविरमा थाइराइड र मधुमेहको निशुल्क जांच गर्नुको साथै अन्य जांचमा २० प्रतिशत छूट दिने छौ ।'

यस क्षेत्रमा चीनी र थाईराइडका विरामिको संख्या दिनानुदिन बढ्दै गई रहेकोले हामी विपन्न र असहायलाइ लक्षित गरेर निःशुल्क रुपमा शिविरहरू संचालन गर्न लागेको अर्थले बताए । उनले आफूहरु नियमित रुपमा समाजको सुख दुःखमा आफ्नो स्तर वाट सहयोग गर्ने बताए । शिविर भोली बिहान ६ बजे देखी १० बजे सम्म जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि तिरहुतिया गाछीमा संचालन हुने बताउदै अर्थ ठाकुरले यस शिविरबाट लाभ उठाउन उनले सबैलाइ आग्रह गरे ।