जनकपुरधाम । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस जनकपुरधाममा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । जनकपुरधामस्थित नयाँ मुस्कार सुधार गृह तथा धनुषाको नक्टाझिजमा रहेको पुनर्जीवन सुधार केन्द्रले दिवसको अवसर पारेर सोमबार संयुक्त र्यालीको आयोजना गरेको छ । रामानन्दचोकस्थित नयाँ मुस्कार सुधार केन्द्रको भवनबाट निस्केको सो जनचेतना र्याली अस्पताल सडक,जानकीचोक,शिवचोक हुँदै जानकी मन्दिरको प्रांगणमा जनचेतनसभामा परिणत भएको थियो ।

विशेष गरेर बढ्दो लाग औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिएको छ । “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन” भन्ने नारा सहित विविध जनचेतनामुलुक कार्यक्रम गरी साप्ताहिक रुपमा यो दिवस मनाइएको केन्द्रका प्रशिक्षक रोशन झाले बताए ।




‘लागुऔषधको चपेटामा परेर सयौं परिवारको जनजीवन नै ध्वस्थ भइसकेको दुर्भाग्यपूणर् अवस्था छ त्यसैले यसबारे चेतना आवश्यक छ।’,उनले भने । लागु औषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा जानकारी दिने उद्देश्यले साताव्यापि कार्यक्रमको आयोजना गरिएको उनले प्रष्ट पारे । र्यालि समापन कार्यक्रममा पुर्नर्जीवन सुधार केन्द्र नक्टाझिजका संचालक अजित्तम पाण्डेले सरकारी स्तरमा समेत सुधार केन्दहरु संचालन गर्नु पर्ने आवश्यकता औंल्याए ।

अहिले संचालनमा रहेको सुधार केन्द्रहरु निजी लगानीमा संचालित रहेकोले आर्थिक अवस्था कमजोर भएका परिवारका दुव्र्यसनीहरुलाई राख्न कठिनाई भइरहेकोले सरकारले केन्द्र संचालन गर्न सके हजारौं परिवारलाई जोगाउन सकिने बताए । निजी लगानीमा संचालित केन्द्रहरुले पनि धेर थोर दुव्र्यसनीलाई निःशुल्क उपचार गरिरहेको बताउँदै उनले भने,‘हामीले पनि सीमित संख्यामा मात्रै सहयोग गर्न सक्छौं तसर्थ दुव्र्यसनमुक्त समाज निर्माणको लागि राज्यकै तर्फबाट पहल आवश्यक छ ।’ र्यालीमा पुर्व दुव्र्यसनीहरु,सुधार केन्द्रका संचालक कर्मचारीलगायतको व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।




