सुजाता राई
विराटनगर। छन्दवाटिका नेपालको आयोजकत्वमा कवि शारदा कार्कीको आमा (शोक काव्य) लोकार्पण कार्यक्रम मङ्सिर २९ गते शनिबार लेखनाथा वाचनलयको सभा हलमा सम्पन्न भएको छ।
छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षता र प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मोरङ्ग , झापा र सुनसरीका विद्वान अग्रज साहित्यकार कवि तथा गजलकारहरूको घनिभूत उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तब्यमा छन्दवाटिका नेपालको वरिष्ठ सदस्य कविता चापागाईं थियो भने कार्यक्रम सञ्चालन छन्दवाटिका नेपालका सचिब चिरञ्जीवी काफ्लेले गरेका थिए।