महोत्तरी । आज देखि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.-८ मा रहेको श्री राष्ट्रिय जनता दलित प्रा.वि. बाट दादुरा रुवेला खोप अभियान(ORI)को संचालन भएको छ ।
६ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलको प्रत्यक्ष निगरानीमा दादुरा रुवेला खोप अभियान(ORI)को शुभारम्भ भएको छ ।मटिहानी नगरपालिकाका नगर प्रमुख मंडलले दादुरा रुवेला रोग हुन तथा सो बाट हुने आपंगता र मृत्युबाट बचाऊन लक्षित समूहमा पर्ने सबैले उक्त खोप लगाउन हुन सम्बंधित सबैमा अनुरोध समेत गर्नु भएको छ ।
उक्त अभियान मटिहानी नगरपालिकाको ९ वतै वड़ामा रहेको बिद्यालय तथा खोप केन्द्रहरुमा र महोत्तरी जिल्लाको १५ पालिकामा संचालन भई रहेको कुरा मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडलले बताउनु भयो ।


