महोत्तरी – मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले मटिहानीको झिझा नहरमा निर्माण भएको बॉक्स कल्भर्टको आज एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो ।
मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत करिब २८ लाख ६८ हजारको लागतमा सो नहरमा कल्भर्ट निर्माण भएको कुरा पालिकाका इन्जीनियर बिमलेश साहले बताउनु भयो । कल्भर्ट निर्माणले कृषि क्षेत्रमा सहयोग पुग्नेछ । कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख मण्डलले कृषकहरूको मांगको आधारमा नहरमा अहिले निर्माण गरिएको भन्नुभयो ।




कार्यक्रममा वडा अध्यक्ष रितेश साह,योजना अधिकृत राजेश कुमार शर्मा, लोसपा नगर अध्यक्ष श्याम कुमार मण्डल, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद, महोत्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष अजय साह, नागेश्वर गुप्ता, हेमनारायण लाल कर्ण लगायतका सहभागिता रहेका थिए ।
विगतमा नहरमा पुल नहुँदा कृषकहरुलाई आफ्नो उत्पादनहरु ओसार पसार गर्नमा कठिनाई ब्यहोर्नु परेको थियो ।





