कृष्ण राज गिरी/भैरहवा
रुपन्देही प्रहरीले ११ बढीको अवैध सामान सहित ३ जनालाई पक्राउ गरेको छ।
भारतवाट नेपाल तर्फ भंसार छलि अवैध रुपमा ल्याउँदै गरेको अवैध सामान सहित तीनजनालाई पक्राउ गरेको हो।
बरामद गरिएको समानहरुको अनुमानित मुल्य ११ लाख ६१ हजार ३ सय को रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं १० भुजौलीवाट महाराजगंज जिल्ला भारतका ३४ वर्षिय भगवान दास मोर्य , सिनपा वडा नं १ का २४ वर्षिय इन्तियाज अहमद मुसलमान र सिनपा ६ का १९ वर्षिय अजय कुमार चमारलाई रुपन्देही प्रहरीले अवैध समान सहित पक्राउ गरेको हो ।

बरामद गरिएको समानहरुमा सिलकन थान कपडा ९०४२ मीटर, लेडिज सुट १५२ थान,टप १९ थान, साडी ७ थान ,बलाउज को कपडा ६० मीटर, ध्वजा कपडा १२६ मीटर र हुक्का मा प्रयोग गर्ने फ्लेवर १० कार्टुन रहेको छ। निज हरु ले तस्करी मा प्रयोग गरेको लु १९ प ८४२१ र लु ३१ प ४८४१ नम्वर का मोटरसाईकल पनि नियन्त्रण मा लिइएको छ। बरामद गरिएको सम्पुर्ण सामान र मोटरसाईकल गरि ७ लाख ७० हजार १ सय मुल्य पर्ने अनुमान गरिएको छ।

त्यस्तै रुपन्देही प्रहरीले मायादेवी गाउँपालिका बनगाई वाट १८ वर्षीय बिकास नाउँ र १९ वर्षिय महेश बनियालाई पनि भारतवाट नेपाल तर्फ भंसार छलि अवैध रुपमा समान लिएर आउँदा समान सहित नियन्त्रण मा लिएको छ। बराबद गरिएको समान हरु मा जुत्ता ६८ जोर, कोकोनटबार चकलेट १९ कार्टुन, डेरिमिल्क ४ प्याकेट, चिनी ६ बोरा, छाता १४७ थान, र निज हरु ले चलाएको लु ४ प १८६८, लु ६ प २८२३ र बेवारिस अवस्था मा रहेको लु २१ प ३१५१ रहेको छ। बरामद गरिएको सम्पुर्ण समान र मोटरसाईकल सहित ३ लाख ९१ हजार २ सय मुल्य बराबर रहेको अनुमान गरिएको छ।
दुवै ठाउँ वाट पक्राउ गरिएको सम्पुर्ण समान, मोटरसाईकल र मानिस हरु लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्याल ले जानकारी गराएका छन् ।


