
महोत्तरी- मटिहानी नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय जनता आधारभूत प्राथमिक विद्यालयका छात्र छात्राहरुलाई मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले झोला बितरण गरेको छ ।
वडास्तरीय कार्यक्रम अन्तर्गत सो विद्यालयमा कक्षा १ देखि ५ सम्मका ३ सय ९० जना छात्र-छात्राहरुलाई झोला वितरण गरिएको कुरा वडा सचिव बिकेश झाले बताउनु भयो ।
विधालय अध्ययन गर्दा सहज एवं बनाउनु हुँदै मण्डलले वितरणले छात्र-छात्राहरुलाई पढाइमा सहयोग पुग्ने भन्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामस्नेही मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा ६ का वडा अध्यक्ष कलीम अंसारी, वडा ८ का वडा अध्यक्ष रितेश साह, पूर्व वड़ा अध्यक्ष रामबाबू नायक, शिक्षा संयोजक चन्देश्वर साह, वड़ा सदस्यहरुको सहभागिता रहेको थियो ।