महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास-जलेश्वर सडक खण्डस्थित औरही नगरपालिका ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परि गौशाला नगरपालिका १२ कान्तिबजार घर भएका ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दिबासबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त १६५५ नम्बरकाे ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
महतोको उपचारका क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीप्रवक्ता दिलीप गिरीले बताउनुभयो । प्रहरीले लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।