कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगर भित्र का सामुदायिक विधालय का व्यवस्थापक समिती अध्यक्ष र प्रधानाध्यापक हरु लाई शिक्षा सुधार गर्दै बुटवल लाई शिक्षा मा अगुवा शहर बनाउनु पर्ने बताए ।
मंगलवार बुटवल भित्र का सामुदायिक विधालय व्यवस्थापक समिती अध्यक्ष र प्रधानाध्यापक हरु सित माध्यमिक तहको भर्ना शुरु हुनु अघि आयोजित छलफल कार्यक्रम मा प्रमुख पाण्डेय ले विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुरा हरु मा सुधार ल्याउन जरुरी रहेको जनाए ।

विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्न र भर्ना शुल्क वृद्धि नगर्न नगर भित्र का सम्पुर्ण विद्यालयहरुलाई बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेय ले निर्देशन समेत दिएका छन् ।




