महोत्तरी- गौशला नगरपालिकामा अबैध खोला उत्खनन गरिरहेको २ स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधवार गौशाला न.पा.१२ बाँके खोलामा अवैध रुपमा खोला उत्खनन गरिरहेको सुचना पाए लगतै पुगेको प्रहरीले नियन्त्रणमा लिएको हो।



सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादव र प्रहरी चौकी कान्तिबजारका प्र.स.नि रोशन लमिछानेको संयुक्त कमाण्ड टोली खटी गई २ वटा स्काभेटर नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि प्रहरी चौकीमा राखिएको छ।




