महाेत्तरी– औरही नगरपालिकाले एक कार्यक्रम आयोजना गर्दै नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरणको’ कार्य सम्पन्न गरिएको जनाएको छ।
भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी पालिकाको स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरिएकाे जानकारी औरही नगरपालिकाका नगर प्रमुख प्रदिप खड्काले दिए।




नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ ९०६.५७ हेक्टर, आवासीय क्षेत्र तर्फ ७०५.२९ व्यवसायिक क्षेत्रतर्फ २३१.६५ हेक्टर, सार्वजनिक क्षेत्र तर्फ १.७० हेक्टर,साँस्कृतिक तथा पुरातात्विक क्षेत्रतर्फ ०.०१ हेक्टर, नदी खोला तथा सिमसार क्षेत्रतर्फ ११.८७ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।

भू उपयोग वर्गिकरण सम्पन्न समारोह कार्यक्रममा जिल्ला समन्वय समितिको सभापति सुमनलाल कर्ण, भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख रमेश पौडेल ,नगर उप प्रमुख रेणु झाकाे साथै सबै वडा का वडा अध्यक्षहरुकाे उपस्थिति रहेको थियो । भु बर्गिकरण स्मार्ट सिटि विलर्ड्स प्रा. लि. काे सहयोगमा गरिएको हाे।










