राधेश्याम कुशवाहा/सर्लाही
सर्लाहीको दक्षिणी पश्चिमी सिमावर्ती क्षेत्रमा अवस्थित गोडैता नगरपालिकामा १५ शैयाको नगर अस्पताल निर्माण हुने भएको छ ।
संघिय सरकारको स्वास्थ मन्त्रालयबाट प्राप्त बजेटबाट नगर अस्पताल निर्माणका लागि न्यू ड्रागन निर्माण सेवा, कम्पनी काभ्रेले १७ करोड ३७ लाखमा ठेक्का पाएका छन् ।
गोडैता नगरपालिका वार्ड न. ३ सिमरा भगवतिपुर बजार निर्माण हुन लागेको नगर अस्पतालको गोडैता नगरपालिका का नगरप्रमुख देवेन्द्र कुमार यादवले एक कार्यक्रमका बिच शिल्यानास समेत गरेका हुन् ।

अस्पतालको भवन निर्माणका लागि फाउण्डेशन राख्ने काम पुरा हुन लागेको न्यू ड्रागन निर्माण सेवा, काभ्रेका संचालक सदस्य कृष्णा सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।
२ तल्ले निर्माण हु्ने भवनमा अन्दाजी ८० भन्दा बढी कोठाहरु हुने छ । सुवेदीले भने ।
यो एउटा सुविधा सम्पन्न अस्पतालको भवन निर्माण हुने बताउदै उहाँले तोकिएको समयमै भवन निर्माण गरिने संचालक सुवेदीले दाबी समेत गरे ।
अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।
स्थानिय स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेपछि स्थानियवासी हर्षित भएका छन ।
स्थानिय स्तरमा अस्पताल निर्माण कार्य सुरु भएपछि स्थानियवासी उत्साहित भएको समाजसेवी यूवा कृष्णा कुशवाहा बताउँछन । यो अस्पताल निर्माण सुरुले नगरको स्वास्थ सेवामा एउटा आशा पलाएको छ र सर्वसाधारणले संघियताको महसुस गर्न पाएको उहाँको भनाई छ ।
यहाँका सुविधा सम्पन्न अस्पताल नहुदाँ १५÷२० किमी टाढा रहेको सदरमुकाम मलंगवा र सिमापारी भारतीय बजारमा उपचार गर्न जानुपर्ने बाध्यता रहि आएको थियो । कुशवाहाले भने । आपतकालिन हुदाँ समेत यातायात नपाउने र पाएपनि ३० देखि ४५ मिनेट समय खर्चेर उपचार गराउन पुग्नुपर्ने समेत बाध्यता रही आएको थियो ।

उहाँका अनुसार गरिब तथा विपन्न नागरिकका लागि यातायात खर्च नै महग्रों हुने गरेका थिए ।
सदरमुकाम र भारतीय बजारमा उपचार गराउन जादाँ सर्वसाधरण ठगिने दर उत्रिकै थियो । सिमामा समेत विभिन्न सुरक्षाका नाममा सुरक्षाकर्मीबाट सर्वसाधरणले दुख पाउदै आएको उहाँले गुनासो गरे ।
यो नगरअस्पताल निर्माण भएर संचालनमा आएपछि गरिब तथा विपन्न नागरिकले सहज रुपमा उपचार पाउने आशा लिएको उहाँले भनाई छ ।
गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवको विशेष सक्रियता तथा पहलमा नगर अस्पताल निर्माण हुन लागेको भन्दै स्थानियवासीले उहाँलाई धन्यावाद समेत दिए ।
सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको गोडैता नगरपालिका का नगरप्रमुख देवेन्द्र कुमार यादव बताउँछन ।
हाल नगर अस्पतालमा ७ देखि ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेका छन । संघिय सरकारबाट अहिले जम्मा ३० जना कर्मचारीको दरबन्दी रहेका छन । उनले भने’
“ल्याब, एक्सरे, विभियो एक्सरे, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन ।” यो अस्पतालमा प्रादेशिक अस्पताल जस्तै स्वास्थ्य सेवा पाउने मेयर यादव बताउदै सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए ।
निर्माण सम्पन्न भए लगत्तै जनताको स्वास्थ सेवामा संचालनमा आउने बताउदै निर्माण कम्पनीसंग तोकिएको समयमा निर्माण सम्पन्न गर्न माग गरेको उहाँको भनाई छ ।
स्वास्थ आम नागरिकको आधारभूत आवश्यकता रहेकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्नेमा समेत उहाँले जोड दिए ।
नगरअस्पताल संचालनले गरिब, आर्थिक अवस्था कमजोर भएका दिनदुखीहरुले उपचार नपाएर मृत्युवरण गनुपर्ने बाध्यताको अन्त्य हुने बताउदै नगर अस्पताल संचालनले गोडैता नगरपालिकाको स्वास्थ क्षेत्रमा क्रान्तिकारी सुधार आउने नगरप्रुमुख देवेन्द्र कुमार यादवले दाबी समेत गरे ।
गोडैता नगरपालिकामा नगर अस्पताल निर्माण भएर संचालन भएपछि सर्वसाधारण स्वास्थ सेवामा सरल, सहज रुपमा पहुँच हुने र स्थानिय सरकार भएको महसुस गरिने अपेक्षा गरिएको हो ।


