ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका दुई सय दस जना जेष्ठ नागरिकलाई कम्बल तथा पौष्टिक आहार वितरण गरिएको छ ।
जाडोबाट जोगिन तथा जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै कम्बल र पौष्टिक आहार वितरण गरिएको मिथिला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामो साहले बताए ।
वृद्धभत्ता प्राप्त गरिरहेका तथा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक र अपाङग गरी दुई सय दस जनालाई वडाको विकास योजनाबाट सो सामाग्री खरिद गरेर वितरण गरिएको उहाँले जानकारी दिए ।
चिसोबाट खास गरेर अहिले वृद्धवृद्धा तथा अपाङ्ग सबभन्दा बढी प्रभावित भएको भन्दै वडा अध्यक्ष साहले न्यानो कम्बल वितरण गरेर जेष्ठ नागरिकको सम्मान गरेको भने । उनले वृद्धवृद्धा, एकल महिला, अपाङ्गलगायत वडाका जनताले पाउने सेवासुविधामा कुनै कमी नहुने पनि जानकारी दिए ।