कृष्ण राज गिरी/ भैरहवा
नेपाल भारत सिमा नाका मा रहेको भारतिय प्रहरी र एसएसबीको संयुक्त टोलीले सुनौली कोतवाली क्षेत्रको सीमावर्ती गाउँ कैथवालिया उर्फ बरगदहीबाट ३२ लाख (भारु २० लाख ) मूल्य बराबरको लागु पदार्थ हेरोइन सहित एक नेपाली युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने मा सिद्धार्थनगर नगरपालिका , मेउडिहवा का राहुल यादव रहेको भारतिय प्रहरी ले जनाएको छ।
भारतिय प्रहरी अनुसार बुधबार बिहान प्रहरी र एसएसबीले सीमावर्ती गाउँमा संयुक्त गस्ती गरिरहँदा एक शंकास्पद युवक भारत तर्फबाट नेपालतर्फ पैदल हिडेको देखिएको र प्रहरीले रोक्न खोज्दा दौडिन थालेपछि प्रहरी ले दौडेर समातेको हो ।
समातेर खोजतलाश गर्दा लुकाएर राखेको लागुऔषध हेरोइन बरामद भएको भारतिय प्रहरी ले जनाएको छ । बरामद हेरोइनको तौल करिब २० ग्राम रहेको, जसको मूल्य नेपाली ३२ लाख रुपैयाँ (भारु २० लाख) रहेको बताइएको छ ।
भारतिय प्रहरी सुनौली एसएचओ अभिषेक सिंहले करिब २० ग्राम हेरोइनसहित एक युवकलाई पक्राउ गरिएको र एनडीपिएस ऐन अन्तर्गत कारबाही भइरहेको बताए ।-साभार ईन्डो नेपाल न्युज ,भारत


