
कृष्ण राज गिरी/ भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देही द्वारा साउन १३ गते प्रहरी कर्मचारी हरु को नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नं १२ मा रहेको कार्यलय प्रागंण मा सम्पन्न गरेको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय र युनिवर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा को प्राविधिक सहयोग मा कार्यक्रम संपन्न भएको जि.प्र.का ले जनाएको छ ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम जिल्ला प्रहरी कार्यलय रुपन्देही का प्रहरी उपरिक्षक भरत बहादुर वि.क को प्रमुख अतिथ्य मा संपन्न भएको हो । कार्यक्रम मा प्रहरी नायव निरिक्षक श्यामु अर्याल ,भैरहवा मेडिकल कलेज का क्याम्प को-अर्डिनेटर तेज कुमार के.सी , डा.विनोद प्रसाद शाह, डा. आशिष कुमार झा, डा.हिमाल पौडेल सहित को टोली ,प्रहरी निरिक्षक हरु र प्रहरी कर्मचारी हरु को उपस्थिती रहेको थियो।
स्वास्थ्य शिविर मा १०९ जना प्रहरी कर्मचारी हरु को उच्च रक्तचाप,मधुमेह, नाक कान घाँटी, हाड जोर्नी तथा नशा रोग सम्वन्धि चेक जाचँ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव निरिक्षक श्यामु अर्याल ले जानकारी गराए ।