महाेत्तरी- साेनमा गाउँपालिका वडा नं ५ खैरबनीमा पाेखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्युु भएको छ।मृत्यु हुनेमा सर्लाहीको गाेरईता नगरपालिका वडा ९ बस्ने महेश मलिक डाेमकाे ४ वर्षीया छाेरी चंचला कुमारी मलिक डाेम र भारतकाे विहार राज्यकाे जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामकाे रामभजन मलिक डाेमकाे ५ वर्षीया छाेरी अर्चना कुमारी मलि डाेम रहेको छ।
दुबै बालिकाकाे पाेखरीमा एकै चाेटी डुबेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक मनाेज यादवले जानकारी दिए।अर्चना र चंचला दुबै आमाको साथमा मामा गाउँ खैरबनीमा गेरुका मेला हेर्न आएका थिए । दुबै बालिका शनिबार दिउँसाे १ बजे देखि ४ बजे सम्म सम्पर्क बिहिन भएपछि खाेज तलास सुरू गरिएको थियो ।



खाेजतलासकाे क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवकाे पाेखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकाे हाे। दुबै बालिका नुहाउने क्रममा पानी मुनि हिलोमा फसेर डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुबै बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक यादवले जानकारी दिए।




