
लहान। सप्तरीको शम्भुनाथ नगरपालिकाकी उपमेयर श्री कविता सरदार भन्नूहुन्छ "हाम्रो शम्भुनाथ नगरपालिकाका सम्पूर्ण नगरवासीको खुशीमा नै मेरो खुशी हो । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकी सरदार अहिले वहाँले गरेकी कामकाज देखेर मान्छे छक्क पर्न थालेका छन।न्याय , सहयोग , घरेलुु हिंसा नियन्त्रण , शिक्षा , स्वास्थ्य , सडक , बाटो घाटोलाई विशेष रुपमा निरन्तरता दिनु भएकी हुन।जनताको समस्यालाई आफ्नो समस्या मानेकी एक वडा सदस्यले बताए ।
जसरी विभिन्न बाधा अवरोध बिच नगरवासीले सरदारलाई विजयी बनाए ; त्यसरी नै जनमुखी कामकाजलाई निरन्तरता दिनु भएकी हुन।समृद्धिको अर्को नाम परिवर्तन हो,परिवर्तनको क्रान्ति छर्लङ्ग रुपमा पार्दर्शिता हुनुपर्छ भन्ने उनकी धारणा हो ।वहाँकी सोच विचार र सहनशीलता समाजमा एउटा चर्चाको विषय बनेको हो । नगरौं विवाहको , कुरा जब हुदैन्न २० वर्ष पुरा अर्थात बालविवाह बारे विशेष रुपमा प्रस्तुत भएकी हुन।वुद्धिलाल विद्या मुनार क्याम्पसलाई प्रदेश न.२ कै नमुना क्याम्पस बनाउने गृह कार्य भइरहेको बताए ।गरिब , दलित , असहाय , अपांगहरुको सहयोग गरे मेवा मिल्ने भन्छिन् ।
उपमेयर सरदार भने यस नगरपालिकामा मेरो ४ वर्षको अवधिमा नगरबासीहरुले निकै नै नजिकबाट अवसर पाएको साथै स्थानीयहरुको पनि भरपुर सहयोग पाउँदै आइरहेकाले काम गर्न खासै कठिनाई भोग्नु नपरेको बताउँछिन । नेपालमा बाँतर सरदार अल्पसंख्यक छ, तर पनि अनुशासन , इमानदारिता , मिहिनेत र लगनशीलताका कारण अघि बढिरहेका छन।त्यसतै सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथ मन्दिरको नामबाट नगरपालिकाको नाम नामाकरण घोषित गरिएको मेयर योगेन्द्र प्रसाद चौधरी बताउँछन ।
मेयर चौधरीका अनुसार शम्भुनाथ नगरपालिका अबको केही दिनमा एउटा नमुना र समृद्ध नगरपालिका हुने प्रतिबद्धता जनाएका छन।नेत्री सरदार सवैलाई मिलाएर लैजाने गुण भएकी हुनाले सबैमा सुन्दरता छाएका छन।
सरदार भन्छिन् आफू सुन्दर छु , तर, त्यति भन्नेमा हुदैन सुन्दर त्यसको काम , कर्तव्य र निष्ठा सुन्दर हुनुपर्छ । वहाँले सानो ठुलो कहिल्यै छुट्याउनु भएन्न : सबैलाई सम्मान व्यवहार गर्नुहुन्छ ।