
कृष्ण राज गिरी/भैरहवा
भारत वाट नेपाल तर्फ अवैध रुप मा भंसार छलि चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्था मा रुपन्देही को बेथरी र लोफडिया वाट अवैध समान सहित रुपन्देही प्रहरी ले दुई जना लाई पक्राउ गरेको छ। बरामद गरिएको सम्पुर्ण समान को अनुमानित मुल्य ५ लाख ९ हजार ५ सय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
रुपन्देही को मायादेवी गाउँपालिका वडा नं. ६ बेथरी वाट कोटहीमाई गाउँपालिका वडा नं. ३ का बिजय भर ले चलाएको लु.४७.प ४८३७ नं. को मोटरसाईकल वाट १ सय ४० थान कुर्ता सुरुवाल प्रहरी ले बरामद गरेको हो। बरामद गरिएको समान को मुल्य १ लाख ४९ हजार को रहेको अनुमान गरिएको छ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लोफडिया वाट गैडहवा गाउँपालिका वडा नं. ७ का सन्त कुमार खरबिन्दले चलाएको लु.१.ह १६९४ नं को अटो-रिक्सामा अवैध रुप मा ल्याउदै गरेको जेन्स अण्डर वेयर ५५० थान र सेन्डो भेष्ट ११०० थान प्रहरी ले बरामद गरेको हो ।बरामद गरिएको सम्पुर्ण समान को अनुमानित मुल्य ३ लाख ६० हजार ५ सय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
बरामद गरिएको सम्पुर्ण कपडा,सवारी साधन र मानिस हरु समेत लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरिक्षक श्यामु अर्याल ले जानकारी गराए ।