रामेछाप बेतालीबाट पाटु आएका यज्ञ प्रसाद घिमिरेलाई आफू २०३६ सालमा आउदा कम जनसंख्या र कम घर भएको सम्झना मात्र छ । बाताबरणिय हिसाबले अली राम्रो र खेतपनी घरबाट नजिक भएको हुनाले गौरिबासको पाटुमा नै घर बसाएको उन्ले स्मरण गरे ।
जङ्गलभित्र मानिसहरु बाहिरबाट आइ बन फडानी गर्दै बस्ती बसाएर पाटु गाउँ भएको पनि उन्को भनाइ छ । २०३० सालकै दशकमा पहाडमा बढी उकालीओराली गर्नु पर्ने र काममा दुःख भएपछी केही किसानहरु दोलाखा र सिन्धुलीबाट आएतापनी अधिकाश अहिले पनि रामेछापकै किसान छन ।
२०२८ सालमा पाटु भनेर चिनिएतापनी बस्ती भने फडानी गरेर बसालेको र त्यतिबेला खासै बस्ती नभएको रामेछाप सागुटारबाट पाटु आएका भगवती भट्टराईसग पनि सम्झना छ । नजिकमा खेतका फाटहरु थिए तर किसानहरु कम थिए तर अहिले घनावस्ती बनेको छ । सुरुमा नै आएर जङ्गल फडानी गरेर बसेकाहरुले जग्गा समेत किनबेच गर्न लागेपछी बस्ती फैलदै गएको हो ।´ उन्ले भने । रामेछापवाट बसाइ सरी आएका कतिपयले आफन्त ल्याउन थाले । परिवारको संख्या थपिदै जादा अहिले आएर माख्लो पाटु र तल्लो पाटु घनाबस्तिमा परिणत भएको छ ।´
अझ अचम्म लाग्दो बिषय त के छ भने रामेछापका किसानहरु बर्षौ पहिला रामेछापका विभिन्न ठाउँबाट बसाइ आएतापनी रामेछापकै सस्कार र सस्कृती पाटुमा पनि पहिचान बनाएका छन । त्यहाँकै धर्मकर्मलाइ निरन्तरता दिन पाटुमा रामेछापकै झझल्को दिने दर्जनौ सस्कार र सस्कृती अहिलेपनी उनिहरुले जिवित राखेका छन ।
प्रसिद्ध मण्दिर खाडादेबी रामेछाप मै अव्यवस्थित भएतापनी पाटुमा रामेछापबाट आएका किसानहरुले खाडादेबी मण्दिर बनाएर अन्य जिल्लाबाट आएका किसानहरुलाइ समेत धार्मिक कार्यमा आवद्ध बनाएका छन ।
पाटुमा मात्र हैन बर्दिबास, गौरिडाडामा समेत रामेछापबाट बसाइ सरी आएका कयौ मानिसहरुले आफ्नै पहिचान बनाएका छन । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालिन माओबादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष राजु खड्काको पुर्ख्यौली ठाउँ रामेछापको गोकुलगङगा गाउपालिका नामाडी मा नै पर्छ ।
पाटुवाट बर्दिबास सहर करिव ५ किलोमीटरको दुरिमा पर्छ । देशकै सवैभन्दा ब्यवस्त सहरमा व्यापार व्यवसाय गर्ने पनि धेरैजसो रामेछापका नै छन । यतिमात्र हैन बर्दिबासमा बसोबास गर्ने करिव ४०% घर-परिवार रामेछापबाट नै आएका हुन ।
बर्दिवासबाट करिव ३ किलोमीटर दुरीमा रहेको चेरु गढन्तमा पनि ४०% रामेछापबाट किसानहरु छन । अहिले नगरपालिकामा नै व्यवसायिक खेती गर्नेदेखी लिएर नमुना किसानकारुपमा उनिहरुले आफ्नो छुट्टै पहिचान बनाएका छन । त्यस्तै रामेछापकै बेतालीबाट बसाइ सरी आएका कयौ बस्नेतहरुले महोत्तरी जिल्लामा आफ्नै ब्यबसायिक पहिचान बनाएका छन ।
बर्षौ पहिला धेरै जसो रामेछापका किसानहरु आएर बनाएको बस्ती यतिबेला महोत्तरीकै आकर्षक ठाउँ बनेको छ । विशेष गरी उत्पादनका हिसाबले उर्बर र प्रसस्त सिचाइ सुबिधा भएको हुनाले पाटु अन्य ठाउँका किसानहरुको लागी आकर्षक ठाउँ मानिन्छ ।
रामेछापको बेतालीबाट आएका बस्नेतहरु मात्र पाटु र वरपर गरेर ७० भन्दा बढी घरधुरी छन । उनिहरुले बेतालीको पुर्ख्यौली सस्कृतीलाइ निरन्तरता दिन बस्नेत बंश कुल मण्दिरको स्थपना गरेका छन । बेतालीबाट पुजारीहरु ल्याएर उनिहरुले ३ बर्षदेखी कुल पुजाको थालनी गरेका छन ।
तराइ र पहाडको संस्कृती सास्कृतिक अन्तरघुलनले दाइजो प्रथाको अन्त्य हुँदै
पहाडमा भन्दा तराइमा सुबिधाहरु बढी हुने र कम काम गरेर पनि भनेजस्तो उत्पादन हुने भएकाले पहाडमा बसोबास गर्ने किसानहरुको तराइ रोजाइ बन्ने गरेको छ ।
बसाइसराइसगै पहाडका किसानहरुले तराइमा आफ्नै संस्कार र संस्कृती बोकेर आउने हुनाले तराइमा कतिपय खराव संस्कारहरुमा परिवर्तन समेत आएको बसाइसराइ गरेर आएका किसानहरुको बुझाइ छ ।
पहाडबाट आएका मानिसहरुले गर्ने बिवाह संस्कार देखेर तराइका स्थानियहरुले आजकाल दाइजो प्रथालाइ कुप्रथाको रुपमा बुझ्न थालेको महोत्तरी जलेश्वर बस्ने रामकृष्ण मगरको ठम्याइ छ ।
दाइजोको नाममा तराइका चेलीहरुले ज्यान नै गुमाउनु पर्ने समस्या एकातिर छ भने अर्कोतिर छोरालाई महत्व दिदा उच्च जनसंख्या वृद्धि भैइरहने समस्यालाइ पहाडबाट बसाइसराइ गरेर आएका मानिसहरुको कारणले केही परिवर्तन भैइरहेको पाइएको छ ।