महोत्तरी – मधेश प्रदेशको महोत्तरी जिल्लामा दुई दिनको अन्तरालमा ११५ जना जेष्ठ नागरिक लाई सुगर मेशिन वितरण गरिएको छ । महोत्तरी क्षेत्र ४ को (क) प्रदेस सांसद सरोज कुमार यादवले आफ्नो क्षेत्र भित्र रहेको सुगर बिरामी तथा जेष्ठ नागरिकलाई निः शुल्क सुगर मापन मेशिन वितरण गर्नुभएको हो ।
महोत्तरी क्षेत्र नं ४( क)को औरही नगरपालिका वडा नं १-२ मा ६० जना र सोनमा गाउँपालिका वडा नं ४ ,५ का ५५ जना सुगर बिरामी जेष्ठ नागरिकलाई सुगर मापन मेशिन वितरण गरिएको छ।




पूर्वधार विकास कार्यलय जनकपुरधाम धनुषाको सहयोगमा चालु आ व ०७९/०८० निर्वाचन विकास क्षेत्र कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई समयमै आफै सुगर चेक गरि खान पिनमा सचेतभई स्वास्थ्यलाई धियानमा रार्खन मद्दत पुगने भएकोले सुगर मापन मेशिन वितरण गरेको सांसद सरोज कुमार यादवले बतानुभएको हो।
सुगर मापन मेशिनबाट कसरी चेक गर्ने भन्ने स्वास्थ्यकर्मी डा.सुदिप यादवले जेष्ठ नागरिक बिरामीलाई सिक्काउनु भएको थियोे ।








