महोत्तरी- जन आवाज संघर्ष समिति द्वारा जलेश्वरमा धर्ना दिएका छन् ।
बुधवार साँझ जलेश्वर नगरपालिका २ स्थित महेन्द्र चौकमा जन आवाज संघर्ष समिति को महोत्तरी जिल्ला अध्यक्ष सुभाष कुमार यादवको नेतृत्वमा करिब ४० जनाको संख्यामा भेला जम्मा भई धर्ना दिएका हुन् ।
समितिले मधेस आन्दोलनको क्रममा मारिएका असई थमन बिकको हत्यामा संलग्न व्यक्तिहरुमाथि अबिलम्ब कारवाही र निर्दोष राजबन्दिहरुलाई अबिलम्ब रिहाईको मागहरु राखी शान्तिपुर्ण रुपमा धर्नामा बसी बिरोध प्रदर्शन गरिएको अध्यक्ष यादवले बताए।




