Oplus_131072
जनकपुर –लालगढबाट आज एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बिहान लालगढबाट उनलाई घुससहित पक्राउ गरेको जनाएको छ।



अख्तियारका अनुसार, कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो र ग्राभेल फिलिङ कार्यका लागि प्रयोग हुने सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने उजुरी प्राप्त भएको थियो। उजुरीको आधारमा अख्तियारको टोलीले निरीक्षक अधिकारीमाथि लामो समय निगरानी राख्दै आएको थियो।
स्रोतका अनुसार, उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो। अख्तियारले थप अनुसन्धान जारी रहेको जनाएको छ।





