
घरभरी भिजेको कपडा सुकाएको छ । माटोको भुईतले घरमा सानो किराना पशल छ । पसलका सामानहरु नअटेपछि यत्रतत्र राखिएको छ । वारीमा २ वटा भैंसी बाधिएका छन, २ वटा बंगुर छन अनि ३ वटा खसीसगैँ वाधेर राखिएको छ ।
घरको पुर्वपट्टी दाउराको हार लगाएर घर जस्तै वनाइएको छ ।
यही साधारण घरभित्र वस्ने डिकु कुमारी गिरी र पुर्ण योङजनको प्रेरणादायी असाधारण कथा सुनेपछि झन सवैलाइ पत्याउन नै गार्हो हुन्छ ।
बर्दिबासको मुख्य चोकवाट उत्तरतर्फ झण्डै ७ किलोमीटर भित्र पुगेपछी चुरे काछमा रहेको चेरु गाउँ पुगिन्छ । हो यहीँ गाउँ दुवै खुट्टा लंगडो वनेपछी हिडडुल गर्न नसक्ने डिक कुमारी र उन्का आँखा नदेख्ने श्रीमान पुर्णको संघर्षपुर्ण कथाको साक्षी वनेको छ ।
काम गर्ने इच्छा शक्ति र आत्मबिस्वास भए जस्तोसुकै काम गर्ने मात्र हैन सफलताको सिखरमा पुर्याउन सकिन्छ भन्ने डिकु दम्पतिको कर्मले आफै प्रमाणित गरेका छन ।
जस्को परिणामस्वरूप आज डिक र पुर्णको घरमा सवथोक छ । खोरभरी बाख्रा छन, गोठमा भैंसी छन, बंगुर छन, कुखुरा छन, थप आयआर्जनको लागी किराना पशल र होटल छ ।
कामले जोडिदिएको सम्बन्ध
२०७४ सालतिरको कुरा हो । डिकु गौशालास्थित एक निजि विद्यालयमा अध्यापन गराउथिन । हिडडुल गर्न समेत ह्विल चियरको सहारा लिनुपर्ने डिकुलाई खुट्टा नभएतापनी काम गर्न सकिन्छ भन्ने आत्मबिस्वास चै थियो ।
एक दिन विद्यालयमा डिकु पढाउदै थिइन । दुवै आखाँमा कालो चस्मा लगाएका उनै पुर्णलाइ अचानक देखिन । उनी सोही विद्यालयमा अन्धा विद्यार्थीहरुलाइ कम्पुटर सिकाउदा रहेछन ।
सारिरिकरुपमा आसक्त दुवै आँखा नदेख्ने पुर्णलाई देखेपछि डिकुलाई सहानुभूति मात्र हैन प्रेमको अंकुरण पनि यहीवाट सुरु भयो ।
यसरी डिकुको देखभेट र पुर्णको भावनात्मक महसुसपना विवाहमा रुपान्तरण भयो । विवाहपछी उनिहरु डिकुको माइत आए । आउनासाथ दिदिले दिएको १० धुरमा बेरा लगाएर माटोको घर वनाए त्यसपछी सुरु भयो डिकु दम्पतिको नया सृष्टि ।
परिवारिक बिभेदले लखेटिएका थिए पुर्ण
पुर्णको आमा सानैमा वितेपछि वुवाले अर्को विवाह गरे । सौतेनी आमाको बिभेदपुर्ण व्यवहारका वावजुत कक्षा-१० सम्म त उन्ले पढे तर त्यसपछी पढने रहरलाई अगाडि बढाउन सकेनन ।
`म घरवाट निस्किएर दु:ख गरेर पलस टु गरे । अनि मधेश आएपछी उनीसगँ भेट भयो ।´ पुर्णले सम्झदै भने ।
अहिले कहिलेकाही आफ्ना भाइसगँ पुर्ण कुरा गर्छन तर उनिहरुले कहिल्यै सोध्दैनन कि कस्तो छ भनेर ।
भाइसगँ कुरा त हुन्छ तर म कहाँ छु भनेर कहिल्यै सोच्दैनन ।
उन्ले भने ।`घरवाट निस्किएको नै १४ बर्ष भएछ ।´
किराना पशल र होटलवाट भ्याइनभ्याई
अहिले डिकु दम्पतिलाइ किराना पशल र होटलवाट भ्याइनभ्याई हुन्छ । डिकुले घरेलु मदिरा पनि वनाउछिन । `कहिले कोदो, कहिले कनिका, कहिले मिठाइको रक्सी वनाउछु ।´
किराना पशलवाट पनि उनिहरु दैनिक ४ हजारसम्म व्यापार गर्छन । गाउँभरीका मानिसहरु किनमेल गर्न डिकुको नै घर आइपुग्छन ।
सपाङ्गहरु बेरोजगार भएर भौतारिरहेको वेला सारिरिकरुपमा अपाङ्ग यो दम्पतिको कामप्रतिको जागर गाउँभरी प्रेरणादायी वनेको छ ।
घरमा भैंसी, बाख्रा र वंगुर पनि छन । यिनिहरुलाइ घासपात डिकुले नै गर्छिन । डिकु घर्सिदै वारीमा पुग्छिन र पशुचौपायालाइ घासपात गर्छिन ।
घाँस काटेपछी बोक्न चै डिकुलाइ सार्है गार्हो हुन्छ । घाँस ल्याउन भने कहिलेकाही उन्को दाइको छोरी (भदई)ले सहयोग गर्छिन भने कहिलेकाही छिमेकीहरुले गरिदिन्छन ।
सपाङ्गहरुको जत्ती नै भरिभराउ यो घर देखेपछी यी सवै काम यिनिहरुले नै गर्छन र ! भनेर पत्याउन जोकोहीलाइ निक्कै मुस्किल पर्छ ।
पक्की घर वनाउने योजनामा दम्पती
अहिले यो दम्पतिले यही घरमा गुजारा गरिरहेका छन तर सामान राख्ने ठाउँ, पाहुना आउदा सुत्ने कोठाको आजकाल महसुस भएपछी नया घर वनाउने तर्खर गर्दै छन ।
ट्याक्टरवाट ल्याएको ढुंगा देखाउदै डिकुले भनिन -` मान्छे बसेर खान समेत छैन, त्यसैले घर वनाउन लागेका छौ ।´
अपाङ्ग भएतापनी सपाङ्गको जति नै काम गर्न सकिने उदाहरण वनेका यो दम्पतीका एक छोरा पनि छन । उनी दुई बर्ष भए ।
डिकुले श्रीमानले भोगेजस्तो पीडा कहिल्यै भोग्नु परेन । उन्ले गाउँको नै पंचधुरा माध्यामिक विद्यालय चेरुवाट पलस टु गरेकी छन । अहिले पनि डिकुलाइ दिदिले दिएको १० धुरमा घर वनाएर बसेकी छन भने छेउमा नै बुवाले दिएको दुई कठ्ठा जमिन पनि छ ।
`अव घर पनि त्यही वनाउने हो ।´ उन्ले भनिन ।
त्यसपछी व्यवसायी वने यो दम्पती
डिकु दम्पती जिविकोपार्जनका लागी पहिला पनि सानो पशल सुरु गरेका थिए । पशलमा उनिहरुले चक्लेट, बिस्कुट र केही घरायसी सामान वाहेक केही राख्न सकेका थिएनन ।

जब बर्दिबासमा नै रहेको समृद्ध नेपाल नामक संस्थाले किराना पशलको लागि नै २५ हजार वरावरको सहयोग गर्यो त्यसपछी पशलको दायरा ठूलो बन्दै गयो ।
समृद्ध नेपालले सहयोग गरेको २५ हजार वरावरको समानले ५० औ हजार कमाए ।´ उन्ले खुसी हुँदै भनिन ।
अरुले ह्विल चियर दिन्छौ भन्छन तर समृद्ध नेपालले पशल नै राखिदियो ।´
सहयोग गर्नेहरुले ह्विल चियर सहयोग गर्छौ भन्दा डिकुलाइ निक्कै दु:ख लाग्छ । हिडन नसकेकोमा उन्लाइ कुनै गुनासो छैन ।
`यदि सपाङ्गहरुको जत्ती नै काम गर्न सकेको छु भने खुट्टा किन पो चाहियो र ?´ डिकु प्रतिप्रश्न गर्छिन ।
स्थानिय सरकारको अभिभावकत्व महसुस नै गर्न सकेनौ
डिकु दम्पतिले स्थानिय सरकारको खासै अभिभावकत्व महसुस गर्न नसकेको वताए ।
अपांग बापत महिनामा भत्ता आउँछ । तर अरु केही सहयोग पाइएको छैन ।´ पुर्णले भने ।
अब त सहयोगको अपेक्षा पनि रहदैन ।´
निर्वाचनको समयमा हात जोडेर आस्वासन दिने नेतादेखी डिकुलाइ रिस उठेर आउँछ । हात जोडने धेरैलाइ उन्ले चिनेकी छैनन । हात जोड्ने मध्यवाट नै अध्यक्ष, नगरप्रमुख निर्वाचित भएको उन्लाइ थाहा पनि छ तर सहयोग माग्ने र सहयोग नदिने नेताको चरित्र नै भएको डिकुले बुझेकी छन ।
बरु निल दाइ, कमला दिदिले किराना पशलमा सामान थपिदिएर गुण लगाउनु भयो ।´ समृद्ध नेपालका कार्यक्रम डिजाइनर निल वहादुर लुम्रेलाइ डिकुले देखाउदै भनिन ।
सहयोग त यस्तो पो हुन्छ त ।´
स्थानिय सरकारसगँ गएर केही गुनासो राख्यो भने ह्विल चियर दिन्छौ भन्दा डिकुलाइ निक्कै रिस उठछ । कहिलेकाही डिकु यस्तो भन्दा विभेद भएको महसु गर्छिन ।
`अपाङ्गहरुको पनि त भावना बुझ्नुपर्यो नी ।´ डिकुले भनिन ।
किराना पशलमा अहिले ३ लाखको सामान छ
गरे के हुदैन भन्ने यो सारिरिकरुपमा आसक्त दम्पतिले प्रमाणित मात्र गरेका छैनन आत्मबिस्वास भए केहीपनी असम्भव नभएको उनिहरुको कामले नै देखिएको छ ।
१५ हजारवाट सुरु हरेको पशलमा अहिले ३ लाखभन्दा बढीको सामान छ । सावुन, चक्लेट मात्र पाइने उनिहरुको पशलमा अहिले नुन देखी खोजेको सामान सवै पाइन्छ ।
वर्दिबास बजारमा पुगेर यो दम्पतिले तरकारी पनि ल्याएर बेच्छन । `अब घर बनाएपछी थप सामानहरु थप्छौ ।´ उनिहरुले भने ।
पशललाई ठुलो वनाउन समृद्ध नेपालले पनि सहयोग गरेको वताउदै स्थानिय सरकारको भन्दा पनि यस्तै संस्थाहरुको भरोसा लाग्ने डिकु दम्पतिले वताए ।