
औरही - संघीय सरकारबाट नमुना विद्यालयमा छनौट भएको औरही नगरपालिका २ स्थित श्री प्रसाद सिंह मावि विद्यालयमा नमुना विद्यालयको काम शुरु भएको छ ।
विद्यालयले चालु आर्थिक बर्ष ७९/८० मा नमुना विद्यालय अन्तर्गत दुई तले विद्यालय भवनको काम शुरु भएको हो । श्री प्रसाद सिंह माविका प्रधानाध्यापक शिवशरण यादवले नमुना विद्यालय अन्तर्गत पहिलो बर्ष दुई तले ७ कोठाको पक्की भवन निर्माण कार्य शुरु भएको बताए ।

प्रधानाध्यापक यादवका अनुसार सम्वृद्धि सम्पन्न निर्माण सेवा लिमिटेड निर्माण कम्पनीले १० महिना भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरि भवनको ठेक्का भएकोछ। ‘पहिलो वर्ष दुई तले पक्की भवनमा ७ कोठा निर्माण गछौँ, ‘प्रधानाध्याप यादवले भने, अहिले बिज्ञान प्रयोगशाला र पुस्तकालयका भवन निर्माण गछौँ ।’
प्रधानाध्यापक यादवले विद्यालयमा झण्डै १५ सय विद्यार्थी अध्ययनरत रहेको बताए । नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई गर्दै आएको विद्यालयले अहिले विद्यालयमा +२ सम्मको पठन पाठन गरिरहेको छ । प्रअ यादवले स्थानीय औरही नगरपालिका सरकारबाट विद्यालयमा सहयोग पाईएको बताउदै विद्यालयको चापका आधारमा खेलकुद मैदान र साईकल स्टेन्ड को माग राखे ।

नमुना भवनको बिहिवार एक कार्यक्रम बीच औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्काले शिलान्यास गरेका हुन । १ करोड ४८ लाख ३३ हजार ५ सय ४८ रुपैयाँ ९४ पैसाको लगानी बिज्ञान प्रयोगशाला र पुस्तकालयका भवन निर्माण गरिन लागेको मेयर खड्काले बताए ।

शिलान्यास कार्यक्रममा औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादव,नेपाली कांग्रेश औरही नगरपालिकाका नगर संयोजक युगी यादव, विद्यालयका शिक्षक, विद्यार्थी लागयत केहि स्थानीयहरुको सहभागी रहेका छन् ।



