भैरहवा को एक मात्र पार्क सिद्धार्थ नगर नगर पालिका वडा नं ३ मा रहेको दरखसवा पार्क हो यो। डण्डा खोला को किनार मा रहेको सिद्धार्थ नगर नगर पालिका द्वारा निर्मित यो पार्क केहि महिना पहिला सम्म भैरहवा वासी को लागि वालवालिका लाई मनोरन्जन गराउने स्थल को रुप विकसित हुँदै थियो। त्यती मात्र नभएर संघ संस्था हरु ले पिकनिक लगायत अन्य कार्यक्रम गर्ने स्थल पनि बन्दै गएको थियो। तर अहिले संरक्षण विहिन भएको छ ।







