
भैरहवा- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका का व्यवसायिक संघ, संगठन हरु ले नगरपालिका द्वारा लागु गरिएको आर्थिक वर्ष २०८०-८१ को व्यवसाय कर दर रेट को विरोध गरेका छन् ।
सिद्धार्थ उध्योग वाणिज्य संघ रुपन्देही का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र उध्योग व्यापार संगठन रुपन्देही का अध्यक्ष अनिल ज्ञवाली ले आईतवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिका को आर्थिक वर्ष २०८०-८१ को व्यवसाय कर दर को विरोध गरेका हुन् ।
सिद्धार्थनगर नगरपालिका को कार्यालय द्वारा लागु गरिएको आर्थिक वर्ष २०८०-८१ को व्यवसाय को कर दर मा गम्भिर ध्यानकर्षण भएको, राजस्व परामर्श समिती मा छलफल तथा सहमती भएको भन्दा फरक ढंग वाट व्यवसाय कर को दर सिद्धार्थनगर नगरपालिका ले प्रकाशन गरेको र नगर मा अवस्थित उध्योगी व्यवसायीहरुको व्यापक रुप मा गुनासो आएको ले सिद्धार्थ उध्योग वाणिज्य संघ र उध्योग व्यापार संगठन को विमती रहेको भन्दै संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको जनाइएको छ।
साथै प्रेस विज्ञप्ती मा सिनपा को कार्यालय ले अर्को निर्णय नगरे सम्म व्यवसाय को कर नवुझाउन सम्पुर्ण व्यापारी हरु लाई अनुरोध गरिएको छ। हाल को व्यवसाय को अवस्था अत्यन्त मन्दी मा रहेको ले व्यवसाय कर दर यथासिघ्र संशोधन गर्न सिद्धार्थनगर नगरपालिका लाई अनुरोध गर्दै सहमती अनुसार नभएमा आन्दोलन मा उत्रिन वाध्य हुने सिद्धार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र उध्योग व्यापार संगठन रुपन्देही का अध्यक्ष अनिल ज्ञवाली ले जनाएका छन् ।
यसअघि सिद्धार्थनगर नगरपालिका ले एकिकृत सम्पत्ति कर मा अत्याधिक बृद्धी गरेको भन्दै सम्पुर्ण नगर बासी हरु से विरोध गरे पछि कर बृद्धी दर घटाईएको थियो।