
जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा रहेको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षक नोकरीबाट हटाईएको छ ।
मँगलबार स्कूल समयमा नृत्य शिक्षकका सहायक रहेका एक शिक्षकले कक्षा ३ मा अध्ययनरत एक बालकलाई गाला झापड हानेपछि उनलाई नोकरीबाट निकालिएको हो ।
मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहका अनुसार विद्यालयमा नृत्य शिक्षकका सहायक रहँदै आएका ती शिक्षकले बालकलाई कुटेपछि उनलाई मँगलबार नै स्थायी रुपमा विद्यालयबाट निलम्बन गरिएको हो ।
मिथिला नाट्यकला परिषद्मा समेत कार्य गर्दै आएका विशाल पासवान नामक डान्स सहायक शिक्षकले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो । नीलडाम पछि आक्रोसित अभिभावकले समेत शिक्षकलाई हातपात गरेको निर्देशक साहले बताए ।
निर्देशक साहका अनुसार, बालकलाई कुटेको घटना तुरुन्तै बाहिर आएपछि उनलाई ठाउँको ठाउँ कारवाही गरी पदबाट निष्कासित गरिएको बताए । प्रहरी बोलाएर दुवै पक्षबीच वार्ता जारी रहेको बताउँदै उनले शिक्षकले आफ्नो गलती स्वीकार गरिसकेपनि उनलाई कारवाही गरिएको बताए ।
उनले भने, –“पढन आउने कुनै पनि बालबालिकासँग यस्तो व्यवहार अक्षम्य छ, मोनाष्टिक स्कूल एक रेपुटेडेट स्कूल छ, यहाँ कडा निगरानी छ । यस्तो अवस्थामा पनि भूल भएको स्वीकार गर्छु । बालबालिकालाई पढाउने शैली यहाँको बेग्लै छ, शिक्षकलाई यहाँको शैलीको बारेमा राम्ररी तालिम दिएरै राखेका थियौँ, तर गलती गरेपछि उनलाई तत्कालै जागिरबाट निकालिएको छ । हामी सम्पूर्ण अभिभावकबाट क्षमा प्रार्थी छौँ ।”
उनले मोनाष्टिक स्कूलका पहिलो पटक भूलवंश यस्तो गलती हुन गएकोमा विद्यालय प्रशासनको तर्फबाट माफी माग्दै निर्देशक साहले आगामी दिनमा यहाँको वातावरणलाई थप निगरानी र पोलिसीमा कडाई गरिने बताए । – न्यूज ब्यूरो