
जनकपुरधाम- जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष अजय गुप्ता सहित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
शनिवार आयोजित कमिटिको पदभार तथा सपथग्रहण र प्रमाणपत्र वितरण समारोहमा निर्वाचन अधिकृत राकेश विक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष गुप्ता सहित ११ सदस्सीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।

सपथ ग्रहण संगै कमिटिका पुर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई कमिटिको अध्यक्षले लगाउने विशेष माला लगाइदिएर पदभार ग्रहण गराएका थिए । निर्वतमान अध्यक्ष भएका बलराम साह प्रमुख नव अध्यक्ष गुप्तालाई आफु बसेको आसनमा बसाए पछि नयाँ कार्यसमितिको पदभार ग्रहण भएको मानिन्छ ।
कार्यक्रममा पुर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधी, प्रदेश सांसद रामसरोज यादव, श्री राम मन्दिरका महन्थ राम गिरी, जनकपुरधामका मेयर, उपमेयर, कमिटिका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहित जनकपुरधामका युवाहरुको बाक्लो उपस्थिती थियो ।